आज केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

9.9k Shares

काठमाडौं : १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड, कार्यतालिका लगायतका विषयमा स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बस्दैछ ।

दिउँसो ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बोलाइएको छ ।

आजको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ । यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिए । 

बिहीबार साँझ बसेको स्थायी कमिटी बैठकले देशभर ७ लाख २१ हजार जना पार्टी सदस्यबाट १ हजार ५ सय ३६ जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको थियो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार