काठमाडौंः संघीय संसदका दुबै सदनका अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू अधिवेशन शुक्रबार राति १२ बजदेखि अन्त्य गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम यही कात्तिक ११ गतेको सिफारिस अनुसार शुक्रबार चालू अधिवेशन अन्त्य गरेकी थिइन्।
यही कात्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको थियो।