काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार अपरान्ह भेटवार्ता हुने भएको छ। विश्व जलवायु सम्मेलनमा सहभागी हुने क्रममा लण्डन पुगेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबिचको भेटवार्ता २० मिनेटका लागि तय भएको जनाएको छ।
स्रोतका अनुसार स्कटल्याण्डको ग्लास्गो शहरमा दुई प्रधानमन्त्रीबीच सोमबार नेपाली समयअनुसार अपरान्ह ३ः२५ देखि ३ः४५ सम्म भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, अमेरिकाका जलवायु परिवर्तन मामिलासम्बन्धी विशेष दूत एवं पूर्व विदेशमन्त्री जोन केरीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।