सरकार सधैँ स्वतन्त्र न्यायालयको पक्षमा छः सञ्चारमन्त्री कार्की

10.5k Shares

विराटनगरः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार सधैँ स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन्। उनले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन समेत सरकार प्रतिबद्ध रहेको बताए।

साथै, उनले सरकारले जनताको चाहनाअनुसार काम गर्ने पनि बताए । प्रदेश नं १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने सञ्चारमन्त्री कार्कीले स्पष्ट पारे।

ताजा अपडेट
सम्बन्धित समाचार