मन्त्री भुसालद्धारा इन्धनको खपत कम गर्न आग्रह

11.6k Shares

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताइन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा विद्युतीय सवारी ¥यालीको उद्घाटन गर्दै मन्त्री भुसालले बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युतको उपयोग बढाउनुको विकल्प नरहेको बताइन् । उनले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु २ अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा रु ४० अर्ब खर्च भइरहेको उल्लेख गरिन् ।  

उनले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युतको खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राखिन् । मन्त्री भुसालले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्ने कुरामा जोड दिइन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै चार पाँच सय मेगावाट विद्युत खेर गइरहेको भन्दै विद्युतको खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

ललितपुरको जावलाखेलबाट शुरु भएको ¥याली काठमाडौँका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो । ¥यालीमा विद्युतीय साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो र कार गरी झण्डै ३ सय सहभागी थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार