जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरु बसे धर्नामा

8.8k Shares

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले धर्ना सुरु गरेका छन् ।  आइतबार सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी धर्ना सुरु गरेका हुन् ।

सोमबारदेखि इजलास बस्न नसकेको, प्रधानन्यायाधीशविरुद्धको इजलास बहिष्कार र न्यायालयमा देखिएका विकृतिका विरुद्ध कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् । 

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष शाक्यले कानून व्यवसायीहरुको यो बिरोध प्रधानन्यायाधीशको लागि मात्रै नभएर न्यायपालिकाको शुद्धिकरणको लागि भएको बताए । न्यायपालिकाको विकृति, विसंगतिबिरुद्ध नेपाल बार एशोसिएशनको अगुवाईमा कानून व्यवसायीले कार्तिक १४, १५, १६ र १७ गते कालोपट्टीसहित बिरोध कार्यक्रम गर्ने घोषणा गरेको गरेको थियो । 

 

ताजा अपडेट
सम्बन्धित समाचार