पार्टीभित्रको बेथिति र विकृत अन्त्यका लागि नयाँ पुस्ताको जरुरीः  नेता सिंह

9.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले गरेको अलोकतान्त्रिक कामको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् ।  आइतबार  कांग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता–कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्नेमा जोड दिए। 

‘उनले भने, पार्टीभित्रको समस्याका कुरा हामीले नउठाए कस्ले उठाउँछ रु पार्टीको समस्या हामी आफैँ समाधान गर्ने हो’, ‘बाटो बिराउनेलाई बाटो देखाउनुपर्दछ। आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ।’

पार्टीभित्रको बेथिति र विकृत अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने धारणा राख्दै पार्टीले नै विधिको शासन मान्न छाडे जनताले विश्वास नगर्ने पनि यनको टिप्पणी थियो। देशमा लोकतन्त्र जोगाउनका लागि पनि कांग्रेसभित्र विधि–पद्धति जोगाउन आवश्यक रहेको उनको भनाइ थियो।

ताजा अपडेट
सम्बन्धित समाचार