काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन्। बेलायतस्थित नेपाली जनसम्पर्क समितिले शनिबार आयोजना गरेको कार्यक्रममा प्रम देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार सदैव तयार रहेको स्पष्ट पारेका हुन्।
उनले गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताको विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई त्यो सम्भव नरहेको बताए। उनले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद् हुनसक्ने सम्भावना औल्याउँदै गैरआवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकामा प्रसंशा समेत गरे।
कार्यक्रममा समितिका अध्यक्ष युवराज गुरुङले जनसम्पर्क समितिका कामकारबाहीबारे जानकारी गराउँदै प्रवासमा रहेका नेपालीका समस्या र चनौतीका सम्बन्धमा उनको ध्यानाकर्षण गराएका थिए। लोकपथ न्यूज