काठमाडौँ । प्रचण्ड–नेपाल समूहको प्रदर्शन आज राजधानी उपत्यकामा शुरु भएको छ ।
उपत्यकाका विभिन्न ठाउँबाट जनमास जुलुस सहितको प्रदर्शन निस्किएको छ ।
टेकुबाट , कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट यो जुलुस निस्किएको छ ।
साथै सम्पुर्ण स्थानबाट नेतृत्व गर्दै टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल र वाल्मिकीबाट गणेश साहले जुलुशको नेतृत्व गरिरहेका छन् ।
अध्यक्षहरु पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सबैतिरको जुलुस भृकुटीमण्डप पुग्नेछ । राजधानी उपत्यका बाहिर पनि सबै जिल्लामा आज प्रदर्शन राखिएको छ ।