विर्तामोडः चर्चित व्यवसायी दुर्गा प्रसाईं औपचारिक रुपमा एमाले प्रवेश गरेका छन् । झापाको विर्तामोडमा आज (आइतबार) भएको कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गरेका छन् ।
माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गरेका उनल् आफूलाई माओवादीले प्रयोग मात्रै गरेको भन्दै पछिल्ला वर्ष देखि टाढिएका थिए ।
एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार प्रसाईंसँगै करिव ३ हजार माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।