काठमाडौँः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको रहेको बताएका छन्। कांग्रेस कीर्तिपुर नगर कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको रहेको बताएका हुन्।
नेता सिंहले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनका लागि आफूलाई सबै कार्यकर्ताले साथ दिनुपर्ने बताएका छन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले केपी शर्मा ओली सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा न्यायलयमा अहिलेको अवस्था सिर्जना भएको बताएका छन् भने उनले अदालत लगायत निकायमा राजनीतिक नियुक्ति संविधानको भावना विपरीत भएकोले अहिलेको अवस्था उत्पन्न भएको बताए।