नेकपा एकीकृत समाजवादी पार्टीद्धारा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय 

10.1k Shares
सम्बन्धित पार्टी

काठमाडौँः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीले दावी गरेको छ ।आइतबार बसेको एकीकृत समाजवादीको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादी पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रले गरिरहेको छ ।

५२ सदस्यीय प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल छ । प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १-१ सांसद छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार