केपी ओली गणतन्त्र उल्ट्याउने षड्यन्त्रमाः प्रचण्ड

11.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने’ बताएको सुनेको बताएका छन् । 

आज (सोमबार) कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भन्दै अध्यक्ष प्रचण्डले उक्त कुरा सुनेको बताए । 

उनले अहिले परिवर्तन उल्ट्याउने षडयन्त्र भएको र आफूहरूले बलियो भएर रक्षा  गर्नुपर्ने बताए । उनले प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको आरोप लगाए । 

संसारभरी र देशभरका प्रतिक्रियावादीले ओलीजस्तो अवसरवादी भटेको बताउँदै उनले भने, ‘मलजल र सिंगरपटार गरे । अरुले गर्न नसकेको काम कम्युनिस्ट पार्टीको प्रधानमन्त्री र अध्यक्षबाट गराए । हाम्रो ध्यान पार्टी ठूलो बनाउनेमा थियो । हामीले गल्ती गरेको होइन । प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाए । अब संघर्ष बाहेक अर्को विकल्प छैन भनेर संघर्ष र विद्रोह सुरु गर्‍यौँ ।’

आफूहरूले हारेको नभई जितेको बताउदै प्रचण्डले पार्टी फुटाइएको र २५ प्रतिशतमा ओली, ७५ प्रतिशतमा आफुहरु भएको बताए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार