सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा हुने कार्यक्रमका लागि देउवालाई निम्तो दिएको छ । ‘तपाईंले चीनको भ्रमण नगर्नु भएको पनि धेरै भएको छ । यसपटक जसरी पनि आउनुपर्छ भन्दै चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचोले निम्तो दिएका हुन ।
उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली मंगलबार विहानै बूढानीलकण्ठस्थित देउवा निवास पुगेको थियो । भेटमा चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश सुनाएका थिए भने देउवाले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।