काठमाडौँः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि राजिनामा दिने निर्णय गरेका छन् । उनले कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि राजीनामा दिने निर्णय गरेका हुन् ।
सांसद पदमा निर्वाचित नरहेको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार कर्णाली प्रदेशमा आज तीन जना मन्त्री पदमुक्त हुन लागेका हुन् ।
प्रदेशसभा सदस्य नरहेका नेकपा एकीकृत समाजवादीका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो ।