मुख्यमन्त्री आचार्यको राजीनामा लगत्तै राईद्धारा दाबी पेश 

9.4k Shares
सम्बन्धित पार्टी

विराटनगरः प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् ।  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि १ बजेसम्म दाबी पेश गर्न आह्वान गरे तापनि उनले आज नै दाबी पेश गरेका हुन् । 

राईले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा सपथग्रहण गराउने भएका छन् । सपथसँगै उनले सानो आकारको मन्त्रीपरिषद् बनाउने घोषणा गरेका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार