पोखरेलले लगाए बर्तमान सरकारलाई यस्तो आरोप !

12.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँः नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आगामी चूनावमा गठबन्धन गरेर आएपनि अन्य दलहरुलाई पराजित गरेरै छाड्ने दावी गरेका छन् । 
सोमबार एमाले काठमाडौ क्षेत्र नंवर ५ ले आयोजना गरेको कार्यक्रममा पोखरेलले आगामी निर्वाचनमा सक्ने भए एक्ला एक्लै प्रतिष्पर्धा गर्न चूनौति दिदै गठबन्धन बनाएर आएपनि पराजित गर्ने दावी गरेका हुन् ।

पोखरेलले वर्तमान सरकार संविधान र कानूनको बिपरित विदेशीको इशारामा चलेको आरोप लगाए । उनले पूर्ववत् सरकारले शुभारम्भ गरेको अस्पताल निर्माण र १४ सय भन्दा बढि सडकको निर्माण वर्तमान सरकारले रोकेको आराप समेत लगाए ।

पोखरेलले एमाले बिगतको कुनै पनि बेला भन्दा शसक्त ढंगले भूमिका खेल्न तयार रहेको सन्देश महाधिवेशनले दिने जिकिर गरे । उनले ५ लाख जनताको माझमा पार्टीको महाधिवेशन उद्घाटन हुने र एकताको सन्देश दिने बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार