रौतहट: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृतिबाट देशलाई मुक्त गर्न आवश्यक भएकोले आउने चुनावमा पाँचदलीय गठबन्धन मिलेर चुनाव लड्ने बताएका छन् । गृह जिल्ला रौतहट आएका नेपालले मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
साथै अहिले नै अर्ली इलेक्सन आवश्यक नभएको बताए ।चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्ने पर्नेमा उनले जोड दिने बताए ।