मन्त्री खतिवडाले गरे तिहारपछि खोप केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता

13k Shares

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोंगबु र कलंकीमा सञ्चालन गरेको कोरोना विरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन्।

सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए। मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन्।

विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गरे। मंगलबार तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ। त्यसैगरी आज ग्वार्कोमा पनि खोप केन्द्र थप गरिएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार