प्रधानमन्त्री देउवाको विदेश भ्रमण सम्पन्न, आज स्वदेश फर्किँदै

18.4k Shares
सम्बन्धित राजनीतिज्ञ

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार (आज) स्वदेश फर्किँदैछन् ।  संयुक्त अधिराज्य (बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन गएका प्रधानमन्त्री देउवा बिहीबार स्वदेश फर्किँन लागेका हुन् । 

सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डल सहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए । ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए । 

सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखलाई पनि भेटेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार