पेट्रोलदेखि सबै कुरा नेपालमै छ, उचित व्यवस्थापन तथा परिचालनको अभाव छः अर्थमन्त्री शर्मा

7.9k Shares

काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन नगर्नाले नेपाल गरिबीको अवस्थामा रहेको बताएका छन् । बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजि तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दैँ उनले उक्त कुरा बताएका हुन् ।

‘उनले भने पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ । तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाहरूले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ ।


यस्तै, मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने पनि बताए । व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले सरकारलाई आग्रह समेत गरे ।

ताजा अपडेट
सम्बन्धित समाचार