नगद सहित ३१ जुवाडे पक्राउ, अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाउने तयारीमा

9.6k Shares

कपिलवस्तुः कपिलवस्तुमा ३१ जुवाडे समातिएका छन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरु  पक्राउ  परेका हुन् । जुवा खालबाट  ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुने जनाएको छ ।

बाणगंगा नगरपालिका २ तिनैया स्थित लेकवेसी होटेलबाट बिहीबार राती १२ जना पक्राउ परेका  हुन् । यसै गरी वडा नं १ वैरियास्थित किशोर जङ्ग पुनको घरबाट १९ जुवाडे पक्राउ परेका थिए । उनीहरू रातका २ बजे समातिएका हुने् । पक्राउ परेका ३१ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लगिएको छ । 

उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाउने तयारी छ । पक्राउ परेकाहरू हाइ प्रोफाइल व्यापारी भएको कारणले नाम सार्वजनिक गराएको छैन ।

ताजा अपडेट
सम्बन्धित समाचार