बारले जबराविरुद्धको आन्दोलन थप गर्दै

8.7k Shares

काठमाडौंः नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम थप गर्ने भएको छ । 

तिहार अघि पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कालोपट्टी बाँधी विरोध कार्यक्रम गरिरहेको बारले फेरि आन्दोलनका कार्यक्रम गर्ने भएको हो । बारले राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई ५ दिनको अल्टिमेटम दिएको थियो । 

विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले प्रधानन्यायाधीशको राजीनामा मागिएको बारले जनाएको छ ।  

ताजा अपडेट
सम्बन्धित समाचार