बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो बस्दै

9.4k Shares

काठमाडौंः बागमती प्रदेशसभाको बैठक भोलि सोमबार दिउँसो तीन बजे बस्दैछ। उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने मुख्यमन्त्री पाण्डेको तयारी रहेको बुझिएको छ । नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता पाण्डे गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

सभामुख सहित प्रदेशसभामा १ सय ९ मत छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने तयारी गरेका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार