सरकारले प्रत्येक जिल्लाको रेडक्रसलाई कानुनी दायरामा ल्याउनु पर्छः जसपाका युवा नेता झा

17.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

सरकारले प्रत्येक जिल्लाको रेडक्रसलाई कानुनी दायरामा ल्याउनु पर्ने जनता समाजवादी पार्टीका युवा नेता अजय झाले जिकिर गरेका छन् । केही समययता नेपाल रेडक्रस सोसाईटीबारे बाहिरिएको केही तथ्यको आधारमा उनले यस्तो जिकिर गरेका हुन । 
मानव सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीका ६ जना पदाधिकारीले भूकम्पपीडितका लागि दातृ निकायबाट आएको सहयोग रकमबाट मासिक तीन लाखभन्दा बढी तलब बुझेको पाइएको थियो । पदाधिकारीले तलबबापत लिएको रकम समाज कल्याण परिषद्को नियमावली विपरीत रहेको खुलेको छ ।

भूकम्प प्रतिकार्यका लागि तत्कालीन सभापति सञ्जीव थापाको अध्यक्षतामा बनेको समितिले आफैं तलब स्वीकृत गरेर आफ्नो खातामा रकम हालेको पुष्टि भएको थियो । कानुनतः यो कार्य रेडक्रसकै पनि नियमविपरीत रहेको छ । २०७२ जेठ ४ र ५ गते बसेको रेडक्रसको केन्द्रीय कार्यसमिति बैठकले थापाको अध्यक्षतामा महामन्त्री देवरत्न धाख्वा, कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, केन्द्रीय सदस्य अजितकुमार शर्मा र भक्त खवास सदस्य रहेको भूकम्प प्रतिकार्य समिति गठन गरेको थियो ।

रेडक्रुसबारे बाहिरिएको यो घटनाबारे सत्यतथ्य छानबिन भई सबै जिल्लाका  रेडक्रसलाई सरकारले कानुनी दायरामा ल्याउनु पर्ने युवा नेता झाको तर्क रहेको छ । उनले यस्ता संस्थाहरुबाट "जि हुजुरी" गर्नेहरुलाई हटाएर योग्यहरुलाई ठाउँ दिन समेत अनुरोध गरेका छन् । 

झाले रेडक्रसमाथि सरकारले कानुनी प्रक्रिया अगाडि नबढाए प्रदेश २ लगायत अन्य जिल्लाहरुका युवाहरू रेडक्रसको भ्रष्टाचार विरुद्ध देश व्यापि अभियान चलाउने चेतावनी समेत दिएका छन् । उनले भ्रष्टाचार विरुद्धको अभियानमा जसपा नेपालको आधिकारिक समर्थन रहने समेत दावी गरेका छन् ।  

ताजा अपडेट
सम्बन्धित समाचार