मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर दुर्घटना हुँदा चालकको मृत्यु

7.9k Shares

काठमाडौंः काठमाडौंमा मोटरसाइकल दुर्घटना भएको छ । गोकर्णेश्वर नगरपालिका –१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

आइतबार राति भएको उक्त दुर्घटनामा बा ९ प ४५६ नम्बरको मोटरसाइकल चालक स्वछन्द पुडासैनीको मृत्यु भएको महानगरीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार