बिरामीहरुलाई फलफुल वितरण गरी अध्यक्ष झाले मनाए रेडियोग्राफी दिवस

13.8k Shares
यो पनि

काठमाडौंः आज विश्व रेडियोग्राफी दिवस। हरेक वर्ष ८ नोभेम्बरमा विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले  विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ। रेडियोग्राफी वा एक्सरेले आधुनिक चिकित्सा प्रणालीमा ठूलो महत्व राख्दछ।

नेपालमा पनि रेडियोग्राफी दिवस विभिन्न कार्यक्रम गरेर मनाउने गरेको छ ।  रेडियोग्राफी वा एक्सरे गर्ने प्रवभन रहेको छ ।  नेपाल रेडियोलोजिकल सोसाइटीले हरेक वर्ष नोवेम्बर ८ मा विभिन्न कार्यक्रमहरु गरी विश्व रेडियोलोजी दिवस मनाउदै आइरहेको छ।

यस्र क्रममा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेश कुमार झाले काठमाडौंको महाराजगञ्जमा रहेको बाल कान्ति अस्पतालमा केक काटी अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल समेत वितरण गरेका छन । बिरामीलाई फलफुल वितरण गर्दै बिरामीहरुलाई रेडियोग्राफीले के काम गर्ने बारेमा बताएका हुन । उनका अनुसार "एक्सरेले हाम्रो शरीर भित्रका हड्डिहरूका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्डले शरीर भित्रका अङ्गहरुमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने काम गर्ने बताए ।" 

 यस वर्ष पनि विश्व रेडियोलोजी दिवसको अवसरमा शिविर आयोजना गरिएको हो। आज नेपालका विभिन्न अस्पतालहरुमा निः शुल्क एक्सरे, अल्ट्रासाउण्ड तथा शिविर आयोजना गर्ने गरेको छ । 

">

ताजा अपडेट
सम्बन्धित समाचार