काठमाण्डौँः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड ले अध्यादेश मार्फत भएपनि एमसीसी पास गर्ने बारे गरेको गोप्य सम्झौतापत्र बाहिरिएको छ । तर एमसीसी बारे अध्यक्ष प्रचण्डले जनता माझ झुट बोल्दै आएको राजनीतिक विशेषज्ञ लहनु राम चौधरीले बताए ।
उक्त गोप्यपत्रमा नेपालको संविधान अमेरिकाको संविधानभन्दा बलवान वा माथि हुन नपाउने, एमसीसी लाई पूर्ण बनाउन आउने सैन्यफौजलाई नेपाली सैनिकले हेरचाह गर्नु पर्ने उनीहरूले भनेको मान्नु पर्ने तर उनीहरूले गरेको कुनै पनि क्रियाकलाप प्रति प्रश्न गर्न नपाउने आदि थुप्रै सम्झौतामा हस्ताक्षर गरेको नेता चौधरीले बताए।
उनले भने-देशका राजनीतिक नेताहरु देखि लिएर सेना, न्यायालयका न्यायाधीश कोही पनि देश र जनताको होइन यी सबै नौटंकी मात्र हुन् ।
साथै, उनले प्रश्न गरे-अब कसलाई रोज्नुहुन्छ ? कस्तालाई देशको प्रतिनिधि बनाउनु हुन्छ ?