सुनसरीको किसानहरुले तरुलको राम्रो मूल्य पाए

10k Shares

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित विभिन्न स्थानमा किसानले यसपाली तरुल खेतीबाट राम्रो आम्दानी गरेको बताएका छन् । सुनसरीमा यसपटक किसानहरुले तरुलको राम्रो उत्पादन र मुल्य समेत पाएको बताएका छन् । राम्रो मुल्य पाएपछि तरुल किसान पनि दंग परेका छन् । बिगत बर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि यस पटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसानहरु उत्साहित बनेका हुन् ।

सुनसरीको इनरुवा नगरपालिका २ का किसान रामेश्वर यादवले तरुलको मूल्य राम्रो पाएको बताउनुभयो । यस पटक माघे संक्रान्ति नजिकिँदै गर्दा यहाँको तरुल किसानहरु तरुल खन्ने काममा ब्यस्त बनेका छन् ।

यस पटक किसानले तरुलको प्रतिकिलो मूल्य ४० देखि ८० सम्म पाएको र खेतबारीबाटै व्यपारीले उठाउन थालेकाले किसान उत्साहित देखिएको अर्का तरुल किसान कन्हैयालाल मेहताले बताउनुभयो । मेहताका अनुसार विगतको सालमा ३०÷३५ रुपियाँ प्रतिकिलोमा विक्रि भएको तरुत दुई वर्षयता राम्रो मूल्य पाएकाले किसानको आक्रर्षण समेत तरुल खेती तर्फ बढेको छ । मेहताले भन्नुभयो, ‘यस पटक राम्रो भाउ पाएका छौ । रामै्र फाइदा हुन्छ होला ।’ माघे संक्रातिको लागि भन्दै तरुल खरिद गर्न व्यपारीहरु किसानहरुका बारी बारीमै पुग्ने गरेका छन् ।
बराहक्षेत्र नगरपालिका ९ का किसान मान बहादुर राईले समत बराहक्षेत्र प्रकाशपुरमा प्रत्येक किसानले दुई धुर देखी एक विघा क्षेत्रफलसम्ममा तरुल लगाएको बताउनुभयो । राईले यहाँ उत्पादन भएको तरुल व्यपारीहरुले किसानसँग खरिद गरेर देशको संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी बिराटनगरसम्म पु¥याउने गरेको बताउनुभयो । व्यपारीहरुले खेतमै खनेर लैजाने गरी ठेक्का बराहक्षेत्र नगरपालिका स्थित प्रकाशपुरका तरुल किसान राजेश राईले बताउनुभयो । किसान आफैले स्थानीय बजारमा समेत तरुल बिक्रीको लागि लैजाने गरेको उहाँको भनाइ छ ।

विगतको तुलनामा तरुल यसबर्ष ६०÷८० रुपियाँसम्ममा बिक्री गर्नपाएको बराहक्षेत्र नगरपालिका–९ का अर्का तरुल किसान श्यामकुमार राईले बताउनुभयो । राईले यस वर्ष दश कठ्ठा क्षेत्रफलमा तरुल लगाएको बताउनुभयो । लामो समयदेखि तरुल खेती गर्दै आएका राईले यस वर्ष प्रति कठ्ठा १० देखि २० हजारसम्म खर्च कटाएर आम्दानी हुने गरेको बताउनुभयो ।
‘लगानी थोरै र स्याहार पनि थोरै गर्नुपर्ने भएकोले तरुलको यसपटकको मूल्यले किसानलाई फाइदा भएको छ’ । राईले भन्नुभयो, ‘अन्य बालीलाई जस्तो स्याहार मल गर्नुपर्दैन । मकै वा बेसार भित्र लगाउदा पनि हुने’ । एउटै बारिमा दुई थरी खेती गर्न पाइने भएकोले पनि किसानहरु तरुलतर्फ आकर्षित हुँदै आएको स्थानीयको भनाई छ । तरुल बिक्री बितरणमा अहिलेसम्म किसानले दुख पाउनु नपरेकोमा समेत किसानहरु खुशी भएका छन् ।

माघे संक्रातीमा विशेष फलारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत बिक्री हुने गर्दछ ।
तरुलखेती गर्दा जमीन हेरेर बिउँ, खन, जोत, खाद मल र गोडमेल समेत गरेर दुई देखि १० हजारप्रति कठ्ठा लगानी हुने किसानहरुको भनाई छ । तरुल प्रति कठ्ठा ७ देखि १० क्वीन्टलसम्म उत्पाादन हुने गरेको छ । सुनसरीमा कति क्षेत्रफलमा तरुल खेती भईहरेको छ भन्ने बारेमा कृषि ज्ञान केन्द्र र पालिकाको कृषि शाखासंग अझैसम्म तथ्यांक भने नरहेको अवस्था छ ।

ताजा अपडेट
सम्बन्धित समाचार