एमालेले देशभर १०औँ महाधिवेशनका लागि प्रतिनिधि छान्दै

13.9k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा (एमाले) ले शनिबार देशभर महाधिवेशन प्रतिनिधि छान्ने भएको छ ।  मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुन लागेको पार्टीको १०औँ महाधिवेशनका लागि एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको हो ।
 
एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरिसकेका छन् ।

एक निर्वाचन क्षेत्रबाट पार्टीका १ हजार २ सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। 

१ हजार २ सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था रहेको छ । जसअनुसार ८ सय जना बराबर १ जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।

ताजा अपडेट
सम्बन्धित समाचार