जनता समाजवादि पार्टी सुनसरीमा विवाद उत्पन्न

56.2k Shares
सम्बन्धित पार्टी

इनरुवा ।  जनता समाजवादि पार्टी, नेपाल जिल्ला समन्वय समिति सुनसरी भित्र पछिल्लो समय विवाद उत्पन्न भएको छ ।

समाजिक सञ्जाल फेसबुकमा पूर्व राष्ट्रिय जनता पार्टी सुनसरी र समाजवादी पार्टी नेपाल सुनसरी भित्र पार्टी नेता तथा कार्यक्रर्ताहरुले विभिन्न किसिमको विवादस्पद टिकाटिप्पीहरु गरेको पाइएको छ ।

केही सता अघि भएको जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समिति सुनसरी बिच भएको समायोजन विधिवत नभई अबैधानिक भएको राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य सन्तोष मेहताले बताएका छन् ।

जसपा नेपाल, सुनसरीको लेटर प्याडमा मिति २०७७ साल पुस ०९ गते र पुस ११ गते पुर्व समाजवादी पार्टी र पुर्व राजपा नेपाल सुनसरी जिल्लाको समायोजन भएको ब्योहराको प्रेस विज्ञप्ती मार्फत पुस ११ गते कै मितिमा राजपा नेपाल परिवर्तित जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समिति सुनसरीले सार्वजानिक गरेका थिए ।

जसपा नेपाल सुनसरीका अध्यक्ष रामनारायण यादवले जारी गरेको प्रेस विज्ञप्ती प्रती जनता समाजवादी पार्टी नेपाल (पुर्व राजपा नेपाल ) प्रदेश कार्य समिति प्रदेश न. १ को गम्भीर ध्यानाकर्षण भएको छ ।

सुनसरी जिल्लाको भनिएको समायोजन प्रक्रिया र दुबै पक्षको बिज्ञप्ति, सम्बन्धित जिल्लाको हस्ताक्षरकर्ता भइ बिबादित रहेका बाहेकका पुर्व राजपाबाट प्रतिनिधित्व गरेका केन्द्रिय सदस्य, प्रदेश समितिका सदस्य पदाधिकारी समेतसंग परामर्श गर्दा जनता समाजवादी पार्टी नेपालको समायोजन निर्देशिका (२०७७ बमोजिम नभएको १ नं. प्रदेश समितिको ठहर छ ।

समायोजन निर्देशिका २०७७ को नियम १.१, ३.१(ख, ग) र ५ बिपरित रहेको रहेको पूर्व राजपा नेपाल प्रदेश नं. १ का अध्यक्ष फक्लाङलुङ्ग योङ्हाुङ्ग र प्रदेशका मुख्य सचिव सत्यनारायण साहले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

सुनसरी जिल्लाका पुर्व राजपा नेपालको पालिका, संघिय क्षेत्रीय र प्रादेशिक निर्वाचन क्षेत्र स्तरीय समितिले आआफ्नो बिरोध प्रदेश समिति समक्ष जाहेर गरि सकेको हुदा निर्देशिका नियम न. ६ को समेत उलंघन भएको हुँदा यस्तो झुठा समायोजनलाई प्रदेश समितिले मान्य नगर्ने पूर्व राजपा नेपाल प्रदेश नं. १ का अध्यक्ष योङ्हाुङ्ग नगर्ने बताएको छ ।

यसअघि समायोजनको नाममा गरिएको यस्तो क्रियाकलापले बैकल्पिक शक्ति उन्मुख जनता समाजवादी पार्टी नेपालको अभियानमा ठेस समेत पुगेको उनको भनाई छ ।

यससगैँ जिल्ला समायोजन कार्यमा सलग्नहरुलाई आत्मालोचना गर्दै निर्णय फिर्ता लिन आग्रह समेत गरेको छ ।

सुनसरीमा पुर्व राजपाका नेताकार्यकर्तालाई यस क्रियाकलापबाट थोरै पनि बिचलित नहुन समेत पूर्व राजपा नेपाल प्रदेश नं. १ का अध्यक्ष योङ्हाुङ्ग अह्वान गरेका छन् ।

यता मिति २०७६ साल कात्र्तिक ९ गतेको राष्ट्रिय जनता पार्टी नेपाल केन्द्रिय कार्यालय काठमाडौको च.न. ४०९ को निर्देशन पत्र अनुसारको सम्पुर्ण प्रक्रियामा सहभागी पश्चात् जिल्ला लगायत स्थानीय तहको अध्यक्ष मण्डल अस्तित्वमा नरहनु र सो निर्देशन पत्र अनुसारै रामनारायण यादव नै पुर्व राजपा नेपालको अध्यक्ष भएको हुनाले वहाँको नेतृत्वको समिति नै अधिकारीक जिल्ला समिति गठन भएको थियो ।

कात्र्तिक २४ गते विभिन्न वडाहरुको अध्यक्ष मण्डल विघटन भई एउटा अध्यक्षको अध्यक्षतामा वडा कमिटी गठन भएको थियो कात्र्तिक २६ गते विभिन्न पालिकाहरुको समम्मेलन भई ६ वटै अध्यक्ष मण्डलका सदस्यहरुको विघटन भई एउटा बनेको थियो ।

त्यसैगरी कात्र्तिक २८ गते सबै निर्वाचन क्षेत्रको विघटन भई एउटा अध्यक्षको नेतृत्वमा समिति गठन भएको थियो ।

कात्र्तिक ३० गते जिल्ला सम्मेलन भई सम्मेलनमै जिल्ला अध्यक्ष मण्डलहरुको विघटन भएको थियो ।

jantapress.jpg

ताजा अपडेट
सम्बन्धित समाचार