न्यायपालिकाको शाख बचाउन जबराको राजीनामा जरुरीः नेता झा

11.6k Shares
सम्बन्धित पार्टी

काठमाडौँः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अजय झाले न्यायपालिकाको शाख बचाउने हो भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यथाशीघ्र राजीनामा दिनुपर्ने बताएका छन् । उनले अहिलेको न्यायपालिकाको स्थिति सुधार गर्न जबराको राजीनामा यथाशीघ्र आवश्यक रहेको बताएका हुन्  ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै निरन्तर देशव्यापी रुपमा विरोध प्रदर्शन गर्दै आएको छ । त्यस्तै, जबराले राजीनामा नदिए कार्यकालभरी नै आन्दोलन जारी राख्ने चेतावनी समेत दिइएको छ । 

यता, लोसपाका नेता झा पनि प्रधानन्यायाधिशको  राजीनामा अत्यन्त जरुरी रहेको बताउँछन् ।

ताजा अपडेट
सम्बन्धित समाचार