प्रहरीले तीन महिनासम्म थुनामा राखेको आरोप

18.2k Shares

इनरुवा ।  लागु औषधको आरोपमा असोज १७ गते पक्राउ परेको सुनसरीको दुहबी नगरपालिका वडा नं १० का २६ वर्षिय दिपक कुमार यादवलाई तीन महिनासम्म प्रहरीले थुनामा राखेको भन्दै परिवारजनले आपती जनाएको छ । जिल्ला प्रहरी कार्यालयले मुद्धामा अनुशंधान गर्ने नाममा धेरैदिनसम्म थुनामा राखेको र विना आधार पक्राउ गरेको आरोप सहित यादवको परिवारले न्यायका लागि अपिल गरेको छ ।

दिपककी पत्नी कल्पाना यादवले विहीबार विज्ञप्ती जारी गर्दै पती दिपकको कहिकतै कुनै पनि घटना र लागु औषधको कारोबारमा संलग्न नभएको दावी गर्दै झुठो आरोपमा फसाएको जिकिर गर्नुभएको छ । कलपनाले पती घुस्कीका सहिद मियाँलाई सपटी दिएको २० हजार रुपियाँ माग्न गएको बेला नदिएको र पछि असोज १७ गते बिहान दिने भन्दै बोलाएकोमा सोही दिन प्रहरीले कुन कहाँ के अवस्थामा पक्राउ गरेको त्यसको बारेमा यर्थात सार्वजनिक गर्नुपर्ने र निर्दोश पतीलाई रिहा गर्नुपर्ने माग गर्नुभएको छ ।

उता सुनसरी प्रहरीले असोज १७ गते बिहानको ०९ः०० बजे ईनरुवा न.पा. ३ महेन्द्र चोक विधुत प्राधिकरण ईनरुवा शाखा कार्यालय नजिक पूर्व पश्चिम राजमार्गमा अबैध लागु औषध बोरामा पोको पारी राजमार्ग छेउको झाडीमा मानिसहरुले लुकाई छिपाई राखेका छन् भन्ने बिषेश सूचनाको आधारमा यस कार्यालयवाट खटिएको टोलीले लुकाई छिपाई राख्दै गरेको अवस्थामा मानिसहरु सहित नियन्त्रणमा लिई लागु औषध समेत बरामद गरीएको थियो ।

सोही क्रममा बरामद लागु औषध DIALEX-DC 100ml लेखिएको १४० बोतल, SPASMO-PROXYVON plusn लेखिएको १६५ फायल (प्रति फायलमा २४ क्याप्सुल) को दरले जम्मा ३९६० क्याप्सुल र Nitra vet-10 लेखिएको ४५ फायल (प्रति फायलमा ३० ट्याबलेट) को दरले १३५० ट्याबलेट सार्वजनिक गरेको प्रहरीको दावी छ । प्रहरीले लागु औषध सहित पक्राउ परेका मानिसहरु दुहवी १० घर भई हाल ईनरुवा न.पा.वडा नं.२ मा डेरा गरी बस्ने बर्ष २६ को दिपक कुमार यादब र सुनसरी हरीनगर गापा वडा नं ६ बस्ने बर्ष ३४ को सहिद मियाँ रहेको विज्ञप्तीमा उल्लेख गरिएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार