रामचन्द्र झाले माओवादी केन्द्र छाडे बित्तिकै धमाधम बन्यो एकीकृत समाजवादीका सचिवालय सदस्य

10.5k Shares
सम्बन्धित पार्टी

नेकपा माओवादी केन्द्र परित्याग गरेका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा चयन भएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले उनलाई आइतबार सचिवालय सदस्य बनाएको हो ।

समाजवादीको आइतवार बसेको केन्द्रीय कमिटी बैठकले झालाई केन्द्रीय सदस्यमा मनोनित गरी सचिवालयमा राख्ने निर्णय लिएको हो।

समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमालेबाट आएका वंशीधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटी सदस्य बनाउने निर्णय गरिएको छ।

 

ताजा अपडेट
सम्बन्धित समाचार