मुख्यमन्त्री राईको विश्वासको मत लिने प्रयास असफल, कारण यस्तो छ !

12.4k Shares

काठमाडौँः प्रतिपक्षी दलको उपस्थिति नभएपनि प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयास असफल भएको छ । आज (मंगलबार) बसेको प्रदेश १ को प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु अनुपस्थित भएका थिए । 

 

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिपक्षी दलको उपस्थिति नभएका कारण बैठक स्थगित गरेको जानकारी दिए । संसद नियमावलीमा कोही पनि प्रतिपक्षी दलका सांसद संसदमा उपस्थित नभए बैठक चल्न नसक्ने उल्लेख छ । सोही अनुसार बैठक बुधबारसम्मका लागि स्थगीत गरिएको सभामुख भण्डारीले बताए । सभामुख भण्डारीले बुधबार बस्ने बैठकमा विपक्षी दलको तर्फबाट सांसदहरुलाई उपस्थित हुन आग्रह पनि गरे ।

 

यसअघि एमालेले मंगलबारको प्रदेश १ को बैठक स्थगित गर्न माग गरेको थियो । अधिवेशनका लागि जिल्ला गएका प्रदेशसभा सदस्यहरू आइनपुगेको भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको हो । 

ताजा अपडेट
सम्बन्धित समाचार