जबराले मंसिर ३ भित्र राजीनामा नदिए अर्को चरणको आन्दोलन गर्ने बारको चेतावनी

7.6k Shares

काठमाडौँः नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीश विरुद्ध आज (बुधबार) पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भईरहेको आन्दोलनमा सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रहरीबीच केहीबेर ठेलमठेल भएको थियो । 

उक्त क्रममा प्रदर्शनकारीले प्रधानन्यायधिशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंसिर ३ गते भित्र राजीनामा नदिए अर्को चरणको आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । विरोधपछि बारमा आयोजित सभामा अधिवक्ताहरुले न्यायालयमा विकृति ल्याएकाले प्रधानन्यायधिशबिरुद्ध आन्दोलन गर्नुपरेको बताए । 

बरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीशले घुस पाएर फैसला गर्ने भएकाले आन्दोलन गर्नुपरेको बताए । घुस खाएका न्यायाधीशले फैसलामा अवैधलाई अवैध भन्न नसकेको पनि उनले बताए । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशबाट जबराले राजीनामा नदिएसम्म नेपाल बारले आन्दोलन गरिराख्ने उल्लेख गरे ।

प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले निरन्तर आन्दोलन गर्दै आएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार