एमाले महाधिवेशनको तयारी तीब्र रुपमा हुदैँ

12.8k Shares
सम्बन्धित पार्टी

काठमाडौंः प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको तयारी तीब्र रुपमा भइरहेको छ । १०-१२ मंसिरमा चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएको छ । उद्घाटनमा झन्डै ५ लाख  नागरिकको सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन् ।

जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशैभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो ।

एमालले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ । एमाले महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान हुन लागेको हो । एमालले १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा नै तालिमसमेत दिँदैछ ।

ताजा अपडेट
सम्बन्धित समाचार