आन्दोलनरत कानून व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग

11k Shares

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध आन्दोलनरत कानून व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिलहरूले प्रदर्शन गरेका थिए। 

त्यसक्रममा प्रहरीले व्यवसायीहरूमाथि बल प्रयोग गरेको हो। प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, वरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि प्रहरीले हातपात गरेको छ। नेपाल बारको अगुवामा आन्दोलनरत कानुन व्यवसायीले आज सर्वोच्च अदालतका मूल र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका छन्। सर्वोच्च अदालत परिसरमा बिहीबार अरू दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ।

बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो। जसअनुसार बारले सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार