विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष सहित केहि घाइते

8.9k Shares

काठमाडौँः प्रधानन्यायधिशको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा बार एसोसिएसनका अध्यक्ष सहित केहि घाइते भएका छन् । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानुन व्यवसायीलाइ प्रहरीले रोक्न खोज्दा उनीहरु घाइते भएका हुन् । 

बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे लगाएत घाइते भएको बारले जनाएको छ ।  यसैबीच सवोच्चमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै प्रधानन्यायधिशको राजीनामा नभएसम्म आन्दोलन चर्काउने जनाएको छ । बार परिसरमा भएको विरोध सभामा बारका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराइले न्यायपालिकाको स्वतन्त्रताका भएको आन्दोलनमा दंगा प्रहरी तैनाथ गरेको र हस्तक्षेप गरेको भन्दै विरोध जनाए । आफुहरुमाथि भएको दमनको निन्दा गर्दै थप शसक्त कार्यक्रम तय गर्ने उनले बताए । 

त्यस्तै सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्याधिश अस्ताउदो घाम भएको भन्दै कसैको दमनले आफुहरुको आन्दोलन नरोकिने जिकिर गरे । उनले आफुहरुको अन्तिम लडाई बाँकी नै रहेको बताए । वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायालयको शुद्धीकरणका लागि थालेको शान्तिपूर्ण आन्दोलनमा गृह र सर्वोच्च प्रशासनले दमन गरेको बताए । उनले आफुहरुलाई दमन गर्न खोजेपनि आन्दोलन नरोकिने उल्लेख गरे ।

न्यायलयमा भ्रष्टचार मौलाएको, गोलाप्रथा लागू नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै बारले प्रधानन्यायधिशको राजीनामा माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार