कानुन व्यवसायीमाथि अश्लिल शब्द प्रयोग गरि गाली गर्ने दुई पक्राउ 

10.5k Shares

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यावसायीहरुलाई गाली गलौज गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुई पुरुषलाई बिहीवार राती नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सीताराम श्रेष्ठ र तीर्थ ढकाल रहेका छन्। उनीहरुलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले बिहीवार आन्दोलनरत कानुन व्यवसायीमाथि अश्लिल गाली गरेका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार