काठमाडौं। नेकपा एमालेका दसौं महाधिवेशनमा सहभागिताका लागि सुनसरीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको छ। सुनसरीका ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ४२ जना प्रतिनिधि छनोट भएका हुन्।
सुनसरीमा कूल ४२ सिटमा १८८ जनाको मनोनयन दर्ता गरिएको थियो। त्यतिबेलै सर्वसम्मत जुटाउने प्रयास भए पनि तोकिएभन्दा ४ गुणा बढी मनोनयन दर्ता गरिएको थियो।
जिल्लाभित्र प्रतिनिधि सर्वसम्मत गराउन यहाँ निर्वाचनको मिति सारिएको थियो। गत कात्तिक ३० प्रतिनिधि छनोटका लागि सुनसरीमा निर्वाचन तय गरिएको थियो। पछि पुनः सर्वसम्मत गराउन भनेर निर्वाचनको मिति मंसिर ३ लाई तोकिएको थियो।

