इनरुवा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहको जिल्ला कमिटि सुनसरीको बिस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलाबाट तय गरिएको आन्दोलन कार्यक्रम अनुसार सदरमुकाम इनरुवामा समेत भेला गर्ने भएको छ ।
पार्टीको अन्दोलन कार्यक्रमलाई सफल पार्न पुस २२ गते जिल्ला पार्टी कार्यालय इनरुवामा नगर कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सहभागिताको लागि आह्वान गरिएको छ । पार्टी नगर सचिव तोया गिरीका अनुसार पार्टीले घोषणा गरेको एक महिने आन्दोलन कार्यक्रम अन्र्तगत नगर कमिटिको बिस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजान गर्न लागिएको हो ।
शनिवार पार्टीले घोषणा गरेको एक महिने आन्दोलन कार्यक्रम अन्र्तगत इनरुवामा समेत कार्यकर्ता भेला गर्न लागिएको नगर अध्यक्ष तिर्थ अधिकारीले बताए । अधिकारीका अनुसार नगरभेलाबाट आएको सुझाव अनुसार प्रत्येक वडामा बिस्तारित बैठक र कार्यकर्ता भेला पुस २९ गतेसम्म गर्ने भएको छ ।