काठमाडौंः नेपाल बार एसोसिएसनले मंसिर ८ गते बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने निर्णय गरेको छ । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको आरोप लगाउँदै बारले जबराको राजीनामा मागेको हो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराको पालामा तीन वर्षलगातार अन्याय हुदैँ आएकाले अब त्यस्तो हुन नदिन जबराको राजीनामा आवश्यक रहेको बताए । उनले भने-"गरिबका मुद्दा पन्छाएर बिचौलियाबाट करोडौं उठाएर धनीका मुद्दा हेरिरहेका छन् । अब सेवाग्राही अन्यायमा पर्दैन भनेर आवाज उठाएका छौं । ८३ हजार कानुन व्यवसायी छौं । ९० इकाइ आन्दोलनमा छन् । इकाइबाट सर्वोच्चमात्र होइन जिल्लामा पनि सुद्धीकरण अभियान चलाउने प्रस्ताव आएको छ ।"
हामी अब ज्ञापनपत्र बुझाउन जाँदैछौं । भोलि पनि निरन्तर जारी रहन्छ । राजीनामा नआएसम्म जारी रहन्छ ।