आज धनगढी जाँदै प्रधानमन्त्री ओली , सुरक्षाको नाममा ८ सय प्रहरी परिचालन

18.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) सुदूरपश्चिमको धनगढी जाँदैछन् । बिहान ९ बजे प्रधानमन्त्री धनगढी पुग्ने र आजै अपरान्ह चार बजे काठमाडौं फर्कने कार्यक्रम छ ।

नेकपा प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेका हुन् । ओलीको भ्रमणलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जनाएको छ ।

कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा करिब ८ सय प्रहरी परिचालन गरिने छ । जिल्ला प्रशासन कार्यालय कैलालीले पनि प्रधानमन्त्रीको भ्रमणमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

कुनै समूहले नियतवस् कार्यक्रममा अवरोध सिर्जना गरेमा प्रहरीले हस्तक्षेप गर्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । प्रधानमन्त्री ओली संसद विघटनपछि पहिलो पटक कैलाली जान लागेका हुन् ।

संसद विघटनसँगै पार्टी विभाजन भएपछि प्रधानमन्त्री ओली आफ्नो पक्षमा बहुमत जुटाउन दौडधुमा छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार