काठमाडौँः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्त ठाकुरले हाल आफूहरु पार्टी सुदृदिकरणमा लागेको बताएका छन् । उनले पोलिटिक्स नेपालसँग कुरा गर्ने क्रममा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।
उनले पार्टीको वडा, क्षेत्र, जिल्ला र प्रदेश हुदै महाधिवेशन गर्ने तयारी समेत भइरहेको बताए ।
साथै, उनले वर्तमान अवस्थामा गठबन्धनको सरकार भएकाले आफ्नो पार्टी कसरी आगामी चुनावमा प्रस्तुत हुने भन्ने कुरा टुंगो नलागेको र छिट्टै यस विषयमा पार्टीमा छलफल गरिने बताए । उनले केहि अवसरवादीहरु मधेसलाई आफ्नो स्वार्थ पुर्तिका लागि बेचेको भन्दै दुःख व्यक्त गरे ।