ओलीको  बाइपास  सुचिमा परे यी नेताहरु, के हो कारण ?

10.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: चितवनमा जारी एमालेको दसौँ राष्ट्रिय महाधिवेनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीको सूचीमा नेताहरू भीम रावल, घानश्याम भुसाल र भीम आचार्यको नाम समावेश गरेका छैनन् । दस बुँदे सम्झौता गरेर एमालेमै रहेका दश भाई मध्ये अन्यलाई पदाधिकारीको जिम्मा दिए पनि उनीहरू तीनै जनालाई ओली बाइपास गरेका हुन् ।

भीम रावलले अध्यक्षमा ओलीलाई चुनौती दिन उम्मेदवार दर्ता गर्ने दाबी गर्दै आएका छन् भने भुसाल उपाध्यक्षका दाबेदार हुन् । त्यस्तै भीम आचार्य यसअघि पार्टी सचिव थिए । रावल र भुसाल पदाधिकारीमा नसमेटिएपछि चुनाव हुने पक्कापक्की भएको छ ।

बिहान ८ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुने बताइएको थियो । बन्द सत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैँ, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन् । File photo

ताजा अपडेट
सम्बन्धित समाचार