काठमाडौं: नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापतिमा खिलध्वज पन्थी विजयी भएका छन्।
१४औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको क्रममा भएको मतदानबाट पन्थी विजयी भएका हुन् । कुल सदर मत १६५५ मा १२७१ मतका साथ सभापतिमा पन्थी निर्वाचित भएका हुन्।
सभापतिका अर्का उम्मेदवार वेदबहादुर थापालाई फराकिलो मतान्तरले पराजित गरे। पराजित थापा सभापति शेरबहादुर देउवा पक्षका हुन्। थापाले ३८४ मत प्राप्त गरेका छन्।
दुई उपसभापतिमा अनन्तराम पौडेल र शिबबहादुर खत्री विजयी भए। सचिवमा जगदीश भट्टराई र भगतसिंह खडका विजयी भए।