भीम रावलमाथि भएको अत्याचारमा आफु असन्तुष्ट रहेको भुसालको दाबी

13k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा एमालेका नेता घनश्याम भुसालले आफू भीम रावलको पक्षमा रहेको बताएका छन्।

पार्टीको महाधिवेशनअन्तर्गत निर्वाचनको तयारी भइरहँदा भुसालले रावलको पक्षमा रहेको अभिव्यक्ति दिए।

पार्टी अध्यक्ष केपी ओलीले नाम पेश गरेर हलबाट सिधै अनुमोदन गरेकोमा असहमति जनाउँदै रावलले निर्वाचनमा जाने बताउँदै आएका छन्।

आफू क्रान्तिको पक्षमा रहेको उल्लेख गर्दै भुसालले भीम रावलको धारणामा सहमति जनाएका हुन्।

भुसालले भने, ‘यो प्रक्रियामा म भीम रावलको पक्षमा पहिलेदेखि उभिएको छु। जहिलेदेखि भीम रावलमाथि अत्याचार भएको छ, त्यही बेलादेखि उभिराखेको छु।

मलाई व्यक्तिसँग केही मतलब हुँदैन। मेरो सम्बन्धले केही गर्दैन। को क्रान्तिका पक्षमा छ, ऊ ठिक छ भने अप्ठ्यारो सफ्ठ्यारो जे सुकै होस् मेरो कमिटमेन्ट हो म समर्थन गर्छु।’ उनले भने ।

ताजा अपडेट
सम्बन्धित समाचार