काठमाडौं : नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे महाधिवेशनमा महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै राखिएको भन्दै आपत्ति जनाएकी छन् ।
सोमबार महाधिवेशनस्थल सौराहामा पत्रकारहरुसँग कुरा गर्दै तुम्बाहाङफेले उक्त कुरा बताएकी हुन् । विधान महाधिवेशनले केन्द्रीय कमिटीमा एक तिहाइ सुनिश्चित गरेको बताउदै उनले महाधिवेशन पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको बताइन् ।
उनले भनिन् ; 'अर्को पक्ष भनेको हामी अहिले जुन निर्वाचन प्रक्रियामा अगाडि बढिरहँदा एक तिहाई महिलाहरु केन्द्रीय कमिटीमा सुनिश्चित छ । हामीले पदाधिकारीमा पनि महिलाहरुको सहभागितामा वृद्धि हुनुपर्छ भनेका छौँ । तर नाम प्रस्तावनामा त्यस्तो देखिँदैन ।'
पुरुषभन्दा महिला कुनै काममा कम नभएको भन्दै उनले महाधिवेशनमा महिलाको सहभागिता कम देखिएको भन्दै कमि कमजोरी तत्काल सच्याउनुपर्ने बताइन् ।
महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पाँच पदाधिकारी निर्विरोध चयन भएका छन् भने अध्यक्ष, उपाध्यक्ष, सचिवमा चुनाव हुने भएको छ । पार्टीको अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धा गर्दैछन् ।