उम्मेदवारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै रावलले जनाए आपत्ति

8.5k Shares
सम्बन्धित पार्टी

सौराहाः नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा. भीमबहादुर रावलले आफूले उम्मेदवारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । दशौं राष्ट्रिय महाधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावमा मतदान गर्न पुगेका रावलले आपत्ति जनाएका हुन् । 

पार्टीको केन्द्रीय निर्वाचन आयोगले पनि पदाधिकारीमा उठ्ने व्यक्तिले केन्द्रीय सदस्यमा उठ्ने/नउठ्ने अधिकार स्वयं व्यक्तिलाई नै दिएको भन्दै रावलले आफूले दाबी नै नगरेको पदमा उम्मेदवारी राखेकोमा अहसमति जनाए । 

उनले नदिएको ठाउँमा उम्मेदवार भनेर नाम राखिदिँदा प्रतिनिधि पनि झुक्किने र जितेर पनि विवाद सिर्जना गर्‍यो भनेर नकारात्मक टिप्पणी हुनसक्ने भन्दै सचेत गराए ।

ताजा अपडेट
सम्बन्धित समाचार